 
						श्रेणी : कला / साहित्य
वीरगंज । तेजाव पीडितहरूको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’ यही भदाै ७ गतेबाट प्रदर्शन हुने भएकाे छ । सत्य घटना आधारित यो फिल्म वीरगंज सहित देशभरका सिनेमा हलमा एकसाथ रिलिज हुने फिल्मका निर्देशक रमित ढुंगानाले जानकारी दिए ।
फिल्म निर्माण पक्षले शनिबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि वीरगंजकाे क्युएफएक्स सहितका हलहरुमा प्रदर्शन हुने निर्देशक ढुंगानाले वताए । उनले वीरगंजकाे एसिड पिडित मुस्कान खातुन सहितका ३३ जना एसिडि पिडितकाे कथामा फिल्ममा समेटिएकाे वताए ।
फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा, राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित यो चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर निर्माण गरिएको छ ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम् अधिकारीको कथा र पटकथा छ । चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।
चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।
 
     
    
 
     
									 
									 
									 
									 
									 
         
        
प्रतिक्रिया