
श्रेणी : BANNER
55Views
0
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल बनाएको छ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल छन् ।
सत्ता साझेदारीलाई अघि बढाउन र विभिन्न विषयमा अन्य दलसँग छलफल गर्न कार्यदल बनाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलले केन्द्रदेखि प्रादेशिक सरकारसम्मकाबारेमा छलफल गरेर निर्णयमा पुग्ने उनले बताए ।

प्रतिक्रिया