वीरगन्ज :

सत्ता सहयात्री दलको एकतालाई बचाउँछुः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले सत्ता सहयात्री दललाई एकताबद्ध बनाएर लैजाने बताएका हुन् ।

“मेरो कोशिश त थियो, राष्ट्रिय सहमति गरौँ भनिराखेको छु, सत्ता साझेदारबीचको एकतालाई जसरी भए पनि बचाउनुपर्छ भन्ने नै हो”, उनले भने, “अदालतको निर्णयपछि उहाँहरू (रास्वपा) लाई अलि असहज त भएको थियो । उहाँसँग फेरि भेटेर कुरा गर्छु ।” सरकारमा सहभागी भएको रास्वपाले आजै मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *