वीरगन्ज :

सत्ता समीकरणबारे ओली र गुरुङबीच छलफल

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरुबीच छलफल भइरहेका बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए । भेटमा वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको बताइए पनि गुरुङले बधाई दिनमात्रै गएको बताएका छन् ।

उनले भने, ‘सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ।’ वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ।

एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *