वीरगन्ज :

सत्ता गठबन्धनले भन्यो -एमालेले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन

श्रेणी : BANNER

1 year
birgunj report
5Views
0 Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने नेकपा एमालेको कदम असंसदीय भएको निष्कर्ष निकालेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनकोे बैठकले प्रधानमन्त्रको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको र प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने बैठकको निष्कर्ष रहेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए ।

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको विरोधमा बुधबार एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध पारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *