वीरगन्ज :

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

श्रेणी : BANNER

2 years
birgunj report
41Views
0 Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकमा सहमति नजुटेपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा बैठकबाट बाहिरिएका थिए ।

प्रचण्ड निस्किएपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकपछि संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केहीबेरमा फेरि बैठक बस्ने जानकारी दिए । उनले प्रधानमन्त्री गठबन्धन जोगाइराख्न प्रयासरत रहेको र गठबन्धन टुट्न नदिने बताए ।

उनले भने, ‘बैठक केहीबेरपछि सुचारु हुन्छ र हामी निर्णयमा पुग्छौं । गठबन्धन मुलुकको आवश्यकता हो, जनताको अभिमतालई कदर गर्दै अगाडि बढ्छौं । नेताहरुबीच पार्टीमा आन्तरिक छलफल पनि हुन बाँकी छ त्यसैले उहाँहरु निस्कनुभएको हो ।’

कांग्रेसले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने बताइरहेको छ भने माओवादीले नेतृत्वमा पहिलो आफ्नो दाबी गरिरहेको छ । जसका कारण सहमति जुट्न सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आज साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *