वीरगन्ज :

सडक विभागमा आगलागी भएपछि ललितपुरको चाकुपाटबाट कामकारबाही अघि बढाउने तयारी, डेटा सेन्टर सुरक्षित

श्रेणी : BANNER

19 hours
Pradeep Sah
2.6kViews
1310 Shares

काठमाडौं — प्रदर्शनका क्रममा मंगलबार बबरमहलस्थित सडक विभागमा आगलागी भएपछि ललितपुरको चाकुपाटबाट कामकारबाही अघि बढाउने गरी तयारी थालिएको छ । बबरमहलमा रहेको विभागबाट नियमित कामकारबाही गर्न भने नमिल्ने भएपछि चाकुपाटलाई विकल्पमा राखिएको हो ।

आगलागीबाट भवन र भित्रका संरचना ध्वस्त भएको विभागले जनाएको छ । २०७२ सालको भूकम्पअघि विभाग बरबमहलमै थियो । भूकम्पले क्षति

गरेपछि विभाग ललितपुरको चाकुपाट सारिएको थियो । पछि ‘रेक्ट्रो फिट’ गरी भवन तयार पारेर दुई वर्षअघि पुनः चाकुपाटबाट बबरमहलमै विभाग सारिएको थियो ।

यति बेला आगलागीबाट भवनमा क्षति पुगेकाले पुनः चाकुपाट नै सार्ने तयारी गरिएको विभागका महानिर्देशक विजय जैसीले बताए ।

‘अहिले विभाग भएको भवन मर्मतसम्भार गरेर पनि चलाउन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘भवन ध्वस्त बनेको छ, पहिला जस्तो मर्मत गरेर चल्ने अवस्था छैन ।’ बबरमहलको भवनभित्र ५ वटा महाशाखा र हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका कार्यालय थिए । अब सबै कार्यालय अन्यत्र सार्नुपर्ने भएको छ ।

पहिला सडक विभाग रहेको चाकुपाटमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको कार्यालय छ । यही कार्यालय र यसैको आडमा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा विभाग सार्ने योजनामा रहेको महानिर्देशक जैसीले बताए । पहिला धेरैजसो आयोजना कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको थियो । ‘अहिले भइरहेको ठाउँबाट विभाग र मातहतका आयोजना कार्यालय अटाउन मुस्किल छ । तैपनि दुःखसुख ६ महिना चलाउने सोचमा छौं,’ उनले भने, ‘६ महिनापछि मीनभवनमा निर्माण भइरहेको नया“ भवनमा सर्छौं, त्यहीँबाट कामकारबाही अघि बढाउ“छौं ।’ उक्त भवनको निर्माण अन्तिम चरणमा रहेको जैसीले बताए ।

आगलागीबाट भवन मात्र नभई भवन परिसरमा पार्किङ गरेर राखिएका ६३ वटा गाडी समेत जलेर ध्वस्त भएको जैसीले जनाए । ‘विभाग र उपत्यकाभित्र रहेका आयोजना कार्यालयका गाडी सुरक्षित हुने भन्दै विभाग परिसरमा ल्याएर राखिएको थियो,’ उनले भने, ‘घर लिएर जा“दा बाटोमा तोडफोड हुने खतराले सुरक्षित हुने भनेर विभागमै राखिएको थियो । तर नसोचेको क्षति बेहोर्नुपर्‍यो ।’

तत्काल सडकको अनुगमन गर्न जानुपरे सवारीसाधन समेत नभएको जैसीको भनाइ छ । अहिले आयोजना प्रमुख कसैका पनि गाडी छैनन् । ‘विभागको डेटा सेन्टर भने सुरक्षित छ, विभागको वेबसाइट चलिरहेको छ,’ उनले भने, ‘सर्भरमा आगलागी भएको छैन ।’

यता चाडबाड नजिकिएकाले विभागले सडक पूर्वाधार सहज बनाउनुपर्नेछ । अहिले अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो गएर ठप्प छ । जसले गर्दा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तयारी र दैनिक उपभोग्य वस्तु भित्रन पाएको छैन । त्यस्तै ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने पक्की पुल बगाउ“दा रसुवागढी नाका असार २४ देखि ठप्प छ ।

दसैंअघि ल्हेन्दे खोलामा पुल नबन्ने भएकाले नाका खुल्ने सम्भावना नरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अन्यत्रका सडकमा चाडबाडमा समस्या हुन नदिन त्यसतर्फ जनशक्ति केन्द्रित गरिने महानिर्देशक जैसीको भनाइ छ । ‘सबैतिर आगलागीबाट ठूलो क्षति भएको छ । निर्माणमा प्रयोग

हुने हाम्रा मेसिन सुरक्षित छन् । तिनलाई राजमार्ग र विभिन्न सडकमा पहिरो पन्छाउन प्रयोग गरिएको छ,’ उनले भने, ‘हाम्रो पहिलो उद्देश्य अवरुद्ध सडक तत्काल सञ्चालन गर्नु नै हो, नजिकिएका चाडपर्वलाई ध्यानमा राखेर पनि सम्बन्धित सडक डिभिजन, योजना कार्यालयबाट सडकलाई सहज बनाउने काम भइरहेका छन् ।’

मुलुकमा जस्तो परिस्थिति आइपरेको भए पनि चाडबाडका बेला सडकमा समस्या हुन नदिने र खाल्डाखुल्डी पुरेर यात्रा सहज बनाउने काम छिट्टै सुरु गरिने जैसीले बताए । दसैंका लागि अहिलेसम्म नागढुंगा–मुग्लिन, आँबुखैरेनी–पोखरा, नारायणगढ–बुटवल र बीपी राजमार्गमा कुनै समस्या नरहेको विभागको भनाइ छ ।

‘अहिलेसम्म चाडबाडका बेला सवारी चाप बढी हुने कुनै पनि राजमार्गमा समस्या छैन,’ उनले भने, ‘पहिरोको समस्या आइरहने जोखिम भएका ठाउ“मा मेशिन र प्राविधिक जनशक्तिको व्यवस्था गरेका छौं ।’ सडक विभागबाट गर्नुपर्ने नियमित काम प्रणाली (सिस्टम) मार्फत भइरहेको महानिर्देशक जैसीले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *