वीरगन्ज :

सखुवा प्रसाैनीबाट ४२ किलाे गाँजाको धुलोसहित दुई जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.1kViews
1802 Shares

वीरगंज । प्रहरीले पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट लागु औषध गाँजाकाे धुलाेसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले शनिबार राति ९:३० बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद रामलाई नियन्त्रणमा लिएकाे हाे ।

चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४०नं.को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका ४२ किलो  फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले वताए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *