श्रेणी : मधेस
2.8kViews
1511
Shares
बीरगन्ज,२१ माघ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ र ४ मा दुई भाले चित्तल फेला परेका छन्। स्थानीयले उद्धार गरी वन कार्यालयलाई बुझाएका छन्।
वडा नम्बर २ प्रसौनी टोलमा पोखरीको हिलोमा फसेको अवस्थामा जीवित चित्तल भेटिएपछि स्थानीयले उद्धार गरी वनको टोलीलाई आइतबार साँझ जिम्मा दिएका वडाध्यक्ष चिरञ्जिवी प्रसाद महतो थारुले बताए। अर्को चित्तल वडा नम्बर ४ देउरबान टोलमा फेला परेको थियो।
चित्तलहरू नेपालका तराई मधेश तथा भारतका घना जंगल र खुला घासे मैदानमा पाइन्छन्। तर बासस्थान मासिँदा वा अन्य कारणले चित्तल मानवीय बस्तीमा छिर्ने गरेको विज्ञहरूले बताएका छन्। यस क्षेत्रमा वन्यजन्तुको बासस्थान सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रतिक्रिया