वीरगन्ज :

संसद बैठक चैत ५ गतेसम्मका लागि स्थगित, उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

श्रेणी : BANNER

2 years
birgunj report
24Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मलाई स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।

बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *