वीरगन्ज :

संसद अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन सक्दैनः अर्थमन्त्री  महत

श्रेणी : BANNER

2 years
birgunj report
23Views
0 Shares

जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महतले जनताका प्रतिनिधिको थलो संसद अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने बताए ।

महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे । उनले संसदमा गतिरोध उत्पन्न गरिएका कारण संसदमा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए ।

मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराए ।

उनले भने, “आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *