वीरगन्ज :

राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्य गर्न सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
41Views
0 Shares

काठमाडैं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समय दिएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका छ।

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभा चुनाव हुने भएकोले संसद अधिवेशन अन्त्य गरिएको हो । संविधान र कानुनमा कुनै व्यवस्था नभएपनि समानुपातिकको बन्द सूची दर्ताको दिनबाट संसद्को आयु सकिने २०७४ सालको अभ्यासका आधारमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *