
श्रेणी : BANNER
काठमाडौँ । प्रमुख तीन दल संसदीय समितिका सभापति चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँगको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले सभापति चयन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयनमा दलहरुबीच सहमति नभए प्रक्रिया अघि बढाउने बताएका थिए ।कानुनमन्त्री धनराज गुरुङले संसदीय समितिहरुको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको जानकारी दिए । समिति सभापतिमा भने दलहरुबीच भएको पुरानै सहमति अनुसार नेतृत्व चयन हुने उनले बताए ।
गत वैशाख ११ गते प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको बैठकले यसबारे सहमति गरेको थियो । जसअनुसार सार्वजनिक लेखा समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले पाउने सहमति भएको थियो । त्यस्तै, संसदीय सुनुवाइको सभापति कांग्रेसले पाउने सहमति भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी थिए

प्रतिक्रिया