वीरगन्ज :

संसदलाई बन्धक बनाउँदै सरकार: पूर्वमन्त्री एनपी साउद

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
1.7kViews
1955 Shares

बुटवल,२८ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले सरकारमाथि संसदलाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन निर्माण गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयद्वारा आयोजित साक्षात्कारमा बोल्दै साउदले दुई-तिहाई बहुमतको सरकार हुँदा पनि संसदको परिपूर्ण प्रयोग नगरेको भन्दै गम्भीर आपत्ति जनाए। “संसदलाई बाइपास गर्दै अध्यादेशमार्फत कानुन बनाउने सरकारको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा प्रश्न उठाएको छ,” उनले भने।

साउदले सरकारको यो कदम संविधानसम्मत नभएको र यसले सकारात्मक सन्देश नदिएको तर्क गरे। उनले संविधानलाई सबैका लागि सर्वस्वीकार्य बनाउन संशोधनको आवश्यकता रहेको बताए।

नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिको भावना अनुसार संवेदनशील अभिव्यक्ति दिन आग्रह गर्दै गठबन्धनको स्थायित्वमा जोड दिन सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेताहरू, लुम्बिनी प्रदेशका सांसदहरू, र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकाललाई सम्मानित गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *