वीरगन्ज :

संसदमा एमालेको अवरोध

श्रेणी : BANNER

2 years
birgunj report
25Views
0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि स्थगित भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गरिन्।सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गरे । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गरे । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराए ।प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराए ।प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *