वीरगन्ज :

संसदको महासचिवले पत्र दिँदैमा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव निष्प्रभावी हुँदैनः टीकाराम भट्टराई

श्रेणी : BANNER

3 years
birgunj report
25Views
0 Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश स्वीकार गर्न नसकिने बताएका छन् ।

जबराको महाभियोग निष्प्रभावी पार्ने पत्रविरुद्धको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै भट्टराईले संविधानको धारा १०६ अनुसार कारबाहीको टुंगो नलागेसम्म जबराले काम गर्न नपाउने बताए ।

संसद सचिवालयका महासचिवले पत्र दिँदैमा प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव निष्क्रिय नहुने उनले बताए ।

उनले भने, ’सिफारिस समिति र सभामुखबाट यो प्रस्ताव अर्को संसदमा पेस गर्ने भनिएको छ। निष्क्रिय हुने भनेको अरु विभिन्न प्रस्ताव मात्रै हो। त्यसैले यो मुद्दा टुङ्गो नलागेसम्म निलम्वनमा रहन्छ।’

भट्टराईले महाभियोगको कुरा नियमावलीमै उल्लेख भएकोले यो महाभियोग स्वतः निष्क्रिय नहुने दाबी गरे । उनले भने, ’गम्भीर आरोप लागेको महाअभियुक्तले सम्मानित प्रधानन्यायाधीशको कुर्सीमा बसेर कार्यसम्पादन गरेको कुरा स्वीकार गर्न सकिँदैन। त्यसैले भरत गौतमको पत्र बदर गरेर अर्को संसदमा पेस गर्ने आदेश हुनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *