वीरगन्ज :

संसदका महासचिव र जबरालाई अवहेलनामा मुद्दा चलाउनुपर्छः वरिष्ठ अधिवक्ता कार्की

श्रेणी : BANNER

3 years
birgunj report
73Views
0 Shares

काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद सचिवालयका महासचिव भरत गौतले क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा बहस गर्दै काकीले गौतमलाई संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने अधिकार नभएको जिकिर गरे ।

उनले भने, ‘संसद्को एक अधिकारीले खुल्लमखुला संसद्को खिल्ली उडाएको छ । संसदलाई आफ्नो क्षेत्राधिकारको उल्लंघनमा उनीमाथि कारबाही गर्ने अधिकार छ ।’

कार्कीले महाभियोग निष्प्रभावी पार्नका लागि निवेदन दिने जबरा र निष्प्रभावी भएको पत्र पठाउने संसदका महासचिव गौतमलाई न्यायिक प्रक्रियामा अवरोध पुर्याएको भन्दै अदालतको अवहेलनमा मुद्दा चलाउनुपर्ने बताए ।

कार्कीले निलम्बित प्रधानन्यायाधीश जबराले संस्थाको सम्मानलाई धुलोमा पुर्याएको बताए । उनले भने,‘यो पत्र लेख्ने र त्यसो गर्न निवेदन दिने दुवैलाई संसदले कारबाही गर्न सक्छ । योभन्दा ठूलो असक्षमता र बदमासीको कुनै उदाहरण नै हुन सक्दैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *