वीरगन्ज :

संसदका महासचिवले सर्वोच्चको प्रश्नको जवाफ पूर्ण इजलासलाई दिने

श्रेणी : BANNER

2 years
birgunj report
7Views
0 Shares

काठमाडौँ । संसदका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका छन् ।

सर्वोच्च संवैधानिक इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताएका छन् । महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि सर्वोच्चको पूर्ण बैठकले उनीमाथि प्रश्न सोधेको थियो ।

निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले मंगलबार आफूमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सम्बन्धित निकायहरुलाई जानकारी गराइदिन संसद सचिवालयलाई पत्र लेखेका थिए। महासचिव गौतमले सोहीअनुसार बुधबार पत्र लेखेका थिए । महासचिवको पत्रसँगै जबरा सर्वोच्च फर्किने तयारी गरेका थिए ।

महासचिवको पत्रविरुद्ध सर्वोच्चमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न भनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *