वीरगन्ज :

संविधान २०४७ लागु गर्न शान्तिपुर्ण आन्दोलन : नेपाली

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.4kViews
1911 Shares

वीरगंज । नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले संविधान २०४७ लागु गर्न हुने शान्तिपुर्ण आन्दोलनमा सहभागी हुन अहृवान गरेका छन् ।

स्व. राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित स्व. राजा विरेन्द्रको शालिक अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले यस्तो अहृवान गरेका हुन् ।

उनले शान्तिपुर्ण एवं अहिंसक आन्दोलनबाट संविधान २०७२ को विस्थापन र संविधान २०४७ को पुनः स्थापना हुनु पर्ने बताउँदै निकट भविष्यमै हुने आन्दोलनमा सम्पुर्ण नेपाली जनताका साथै नेपाली सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

उनले मेलमिलापको निति अनुरुप राजसंस्था र राजनितिक दलहरु मिल्नुको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान जरजर अवस्थाबाट निकासका लागी संविधान २०४७ अपरिहार्य भएको बताए ।

यही पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका संयोजक समेत रहेका नेपालीले तत्कालिन राजा विरेन्द्र र राजनितिक दलहरुले मिलेर बनाएको संविधान २०४७ पुनः स्थापित गर्नु छ र मुलुकलाई शान्ति क्षेत्र बनाउनु छ भने ।

त्यसै गरी कार्यक्रममा भुपु शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले पनि संविधान २०७२ को वहिर्गमन अनिवार्य भएको बताए । उनले संविधान २०७२ को वहिर्गमन र संविधान २०४७ को पुनःस्थापनाको लागी हुने आन्दोलनमा सहभागी हुन सम्पुर्ण नेपाली जनतामा अहृवान गरे ।

वर्तमान संविधानले मुलुकको हित नहुने भएकाले आफु पनि संविधान २०४७ पुनःस्थापना हुनु पर्ने बाटो तर्फ अग्रसर भएको बताए ।

जेष्ठ नागरिक संघका संस्थापक एवं समाजसेवी पशुपति विक्रम शाहको सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले संचालन गरेका थिए ।

कार्यक्रममा पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका प्रचार विभाग प्रमुख मानव सेवक, राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नागरिक सरोकार मञ्चका नन्दकिशोर गोयल, नेपाल विद्वत परिषदका रामनारायण साह, राष्ट्रिय नागरिक संघर्ष समिति सत्तार अन्सारी, विरेन्द्र थापा, अनु राणा, असर्फि साह, विश्व हिन्दु महासंघका पृथ्वी झा, अजय साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *