वीरगन्ज :

संविधान सभा सदस्य आमात्यद्वारा अठराहा सुगौली डुवान क्षेत्रको निरिक्षण

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.7kViews
1440 Shares

वीरगंज,२८ माघ – नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य राजेन्द्र बहादुर आमात्याले वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा सुगौली डुवान क्षेत्रको स्थलगत निरिक्षण गर्नु भएको छ । डुवान क्षेत्रको निरक्षणका लागि सुगौली पुगेका नेता आमात्यले स्थानिवासीसँग कुराकानी गर्दै समस्या समाधानको लागि पहल गर्ने प्रतिब्धता व्यक्त गरेका छन् ।

आमात्यले डुवान क्षेत्रको दिर्घकालिन समस्या समाधानको लागि नाला निर्माण गर्नु पर्ने देखिएको बताउँदै सो लागि आफु पहल गर्ने बताए । स्थानियहरुसँग कुराकानी गर्दै संविधान सभा सदस्य आमात्यले आफ्नो पार्टी दुवै तहको सरकारमा भएको बताउदै बजेटको लागि पहल गर्ने बताए ।

अठराहा सुगौलीमा दुई सय बिगहा भन्दा बढी खेत योग्य जग्गा डुवानमा परेको छ । पानी निकासको लागि सो क्षेत्रमा पटक बिवाद हुदै आएको छ । यस बर्ष सो क्षेत्रमा लगाइएको १०० औं विगहा धानी खेत डुवानमा परेको थियो । खेतमा लगाइएको धान भित्रयाउने वेलासम्म पनि पानीको निकास नभएपछि खेतमै धानवाली सढेको दुखेसो स्थानियहरुले नेता आमात्यलाई पोखे । बर्षायामका वेला पानी निकासका लागि अठराहा सुगौलीमा बिवाद समेत भएको थियो ।

बिवाद समाधानका लागि महानगरका मेयर राजेशमान सिंहको नेतृत्वमा पुगेको टोलीले पानी खुलाएको भएपनि केहि दिन नबित्दै पुनः पानीको निकास बन्द गरिएको स्थानियहरुले गुनासो गरे । डुवान अहिले पनि कायमै रहेको बताउँदै स्थानियहरुले समस्या समाधानमा सरकार उदासिन रहेको गुनासो गरे । पानी निकास नपाएपिछ किसानहरूले यस बर्ष न त धान काटन पाए न गँहु नै लगाउन पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *