वीरगन्ज :

संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ: अध्यक्ष उपेन्द्र यादव

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.0kViews
1911 Shares

काठमाडाैं,१८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि संविधान विज्ञहरूको सहभागितामा आयोग गठन गरी सबै पक्षको सहमति र समन्वयमा अघि बढ्नुपर्ने बताएका छन्।

अवधि पत्रकार सङ्घ नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले समानुपातिक समावेशी प्रतिनिधित्वलाई कमजोर पार्ने गरी संविधान संशोधन गर्न नहुने स्पष्ट पारे। उनले भने, “सङ्घीयता, गणतन्त्र, र समावेशितालाई बलियो बनाउनेतर्फ ध्यान दिएर मात्र सबैको सहमति र अपनत्वका आधारमा संविधान संशोधन गर्नुपर्छ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले देशमा बढ्दै गएको राजनीतिक अस्थिरताले लामो संघर्षबाट हासिल उपलब्धिहरू गुम्ने जोखिम बढाएको बताए। उनले भने, “२००७ सालमा जस्तै परिवर्तन गुम्न नदिन उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख चुनौती हो। त्यसका लागि सबैले एकजुट भएर काम गर्नुपर्छ।”

पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय सचिव तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, स्थानीय नेता, र सञ्चारकर्मीहरूको उपस्थिति थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले कार्यक्रमको अध्यक्षता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *