वीरगन्ज :

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : अध्यक्ष प्रचण्ड

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
3.0kViews
1057 Shares

निजगढ,०७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् ।

बाराको सिमरामा बुधबार साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । चितवन हुँदै सिमरा आइपुगेका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *