श्रेणी : BANNER
इनरुवा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।
उनले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । उनले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यो एकताको सम्भावना नरहेको बताए । फरक प्रसंगमा अध्यक्ष नेपालले कोशी प्रदेश नामकरण हुनु राम्रो भएको टिप्पणी गरे ।
उनले भने, ‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो । अन्य प्रदेशको नामकरण भूगोलको आधारमा भएकै छ । त्यसैअनुसार कोशीको नाम बहुमत सदस्यले पास गर्नुभयो । जातीय द्वन्द्वमा जान रोक्नुभयो । यसले राम्रो सन्देश गएको छ ।’
प्रतिक्रिया