श्रेणी : BANNER
काठमाडौं,२६ भदौ । ‘सेभ आवर कन्स्टिट्युसन’ नामक समूहले संविधानको रक्षा गर्न आज बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।
समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।
यसअघि सोमबार र मंगलबार जेन–जी अभियानले भ्रष्टाचार र विसङ्गतिविरुद्ध देशव्यापी आन्दोलन सञ्चालन गरेको थियो। सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने अन्तरिम सरकार गठनको माग अघि सारिएको थियो। तर, अन्तरिम नेतृत्व को गर्ने भन्ने विषयमा बुधबार साँझसम्म पनि सहमति जुट्न सकेको छैन।
यस्तो राजनीतिक अनिश्चितताबीच ‘सेभ आवर कन्स्टिट्युसन’ समूहले संविधानको सर्वोच्चता र स्थायित्वका लागि माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन्।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया