
श्रेणी : BANNER
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको पक्षमा सुवास नेम्वाङले असाधारण भूमिका खेलेको बताएका छन् । मंगलबार पार्टी मुख्यालय च्यालसमा आयोजित श्रद्धाञ्जलीसभामा अध्यक्ष ओलीले पुनर्स्थापित संसदमा नेम्वाङले असाधारण भूमिका खेलेको बताएका हुन् ।
उनले भने,’सभामुखको रुपमा नेम्वाङले असाधारण भूमिका खेल्नुभयो । थुप्रै महत्वपूर्ण र युगान्तकारी निर्णयहरु पुनर्स्थापित संसद्ले जेठ ४ मा गर्यो । राजाको सबै अधिकार खोसेर जननिर्वाचित प्रधानमन्त्रीमा सार्नुभयो ।’
अध्यक्ष ओलीले नेम्वाङ इलाममै विद्यार्थी हुँदादेखि नै आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे । उनले संविधान कार्यान्वयनमा कठिनाई भएका विषय संशोधन गर्न सकिने बताए ।
उनले केही न केही त्रुटी र कमजोरी हरेक संविधानमा हुने गरेकाले सच्याउन सकिने बताए । अध्यक्ष ओलीले संविधान जारी नगर्न संविधानसभाका अध्यक्ष नेम्वाङलाई दबाब आएपनि दबाबकै बीच संविधान ल्याइएको बताए । उनले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया