वीरगन्ज :

संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैनः उपराष्ट्रपति

श्रेणी : BANNER

2 years
birgunj report
3Views
0 Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

उपराष्ट्रपति पुनले बुधबार वक्तव्य जारी गरी कसैलाई पनि संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । संघीय संसदको दुवै सदनबाट पारित भइ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको विधेयक प्रमाणीकरण नभएपछि उपराष्ट्रपतिले वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षको भूमिका रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *