वीरगन्ज :

संघ र प्रदेशसभामा प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्न आयोगको प्रस्ताव(पूर्णपाठ)

श्रेणी : BANNER

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमै ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्ने प्रस्ताव अघि सारेको छ ।

‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो । विधेयकमा ’प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने’ उल्लेख छ ।

त्यसैगरी स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार हुनुपर्ने बताइएको छ।

त्यस्तै आयोगले समानुपातिकमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न लागेको छ। समानुपातिकका लागि पठाइने बन्दसूचीमा दुई पटकभन्दा बढी राख्न नपाइने कानुनका लागि आयोगले प्रस्ताव गरेको हो ।

प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।’यसैगरी एउटा तह वा पदमा हारेको व्यक्तिले अर्को तह र पदमा कम्तीमा पाँच वर्ष चुनाव लड्न नपाउने व्यवस्था पनि अघि सारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *