वीरगन्ज :

संघीय निजामती विधेयक असारमै संसदमा पेश हुने : मन्त्री गुप्ता

श्रेणी : प्रदेश

1 week
Pradeep Sah
2.6kViews
1922 Shares

रौतहट,०७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवा विधेयक यही असार महिनाभित्र संसदमा पेश हुने बताएका छन्। शुक्रबार रौतहटको गरुडा नगरपालिकामा आयोजित १३औँ नगरसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट विधेयक छिट्टै पारित भई राष्ट्रियसभामा अघि बढ्ने जानकारी दिए।

उनले देशमा संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारहरू क्रमशः सक्षम बन्दै गएकाले अब थप अधिकार सम्पन्न बनाउने समय आएको उल्लेख गरे। “स्थानीय तहमा नीतिगत तथा कार्यान्वयन क्षमताको विकास भइरहेको छ,” मन्त्री गुप्ताले भने, “संघीय निजामती सेवा विधेयक त्यसकै सुदृढ आधार हो।”

नगरसभामा गरुडा नगरपालिकाका उपमेयर पुनम चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्। उनले ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरेकी हुन्।

कार्यक्रममा नगरप्रमुख कन्थमनीप्रसाद जयसवालको अध्यक्षता रहेको थियो भने विभिन्न स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *