वीरगन्ज :

श्री मसरुर पब्लिक माध्यमिक विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.1kViews
1247 Shares

वीरगंज १८ जेठ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक माध्यमिक विद्यालय प्रसौनी भाठ्ठाले एक भव्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।
“सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ सम्पन्न सो वार्षिकोत्वसको अवसरमा २०८० सालको परीक्षामा प्रथम, दोस्रो र तेस्रो गर्ने कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
मोईन अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघका पि एम रसिद साहेब, बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योती चौरसिया लगायतकाले आ–आफ्ना शुभकामना मनव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक साजाद हुसैन गद्दीले धन्यबाद ज्ञापन गरेको सो कार्यक्रमा शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी लगायत करिब ७०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *