वीरगन्ज :

श्री नरसिंहका विद्यार्थीलाई २ सय थान साइकल उपहार

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
2.8kViews
1332 Shares

वीरगन्ज,०८ माघ । वीरगन्ज महानगरपालिका – १५ पिपरास्थित श्री नरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान चाइनिज साइकल वितरण गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा साइकल वितरण गरिएको हो ।

अन्तर्राष्ट्रिय लभ साइकल नेपाल अभियानको शुभारम्भ समारोहको अवसरमा चाइना फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई साइकल प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई घरबाट विद्यालय आवतजावतमा सहज बनाउनका लागि साइकल वितरण गरिएको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तिया आलमले विद्यार्थीहरूको शिक्षामा पहुँचलाई थप सुलभ बनाउन सहयोग पुर्‍याउने यस्ता कार्यक्रमहरू अत्यन्तै सकारात्मक रहेको बताए ।

अन्तर्राष्ट्रिय लभ साइकल प्रोजेक्ट अन्तर्गत नेपालमा एक हजार चाइनिज मयालु साइकल वितरण गर्ने योजना रहेको छ । सोही योजनाको पहिलो चरणमा नरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान साइकल प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरू, पत्रकारहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । साइकल वितरणले विद्यार्थीहरूको शिक्षामा पहुँचलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *