वीरगन्ज :

श्री गहवा माई रथ यात्रा भव्य रूपमा आयोजना हुँदै, तयारी तीव्र

श्रेणी : धर्म संस्कृति

8 months
Pradeep Sah
2.6kViews
1931 Shares

बीरगन्ज,०६ जेठ । मधेश प्रदेशको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको श्री गहवा माई मन्दिरमा आगामी असार १३ गते हुने रथ यात्रा भव्य रूपमा आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको बैठकले शोभायात्रा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ।

गहवामाई मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित अषाढ शुक्ल द्वितीयाका दिन हुने रथ यात्रा र अषाढ १४ गतेको छपन्न भोग एवं महाप्रसाद भण्डारा कार्यक्रमलाई विशेष बनाइने समितिले जनाएको छ।

विशेष सम्मान कार्यक्रम पनि हुनेछ : कार्यक्रममा बाजागाजा, झाँकी, नृत्य–कलाकृति लगायत सांस्कृतिक प्रस्तुति समावेश हुनेछन्। साथै, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान गर्ने निर्णय गरिएको छ। समितिका अनुसार, यस वर्षको रथ यात्रा कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र भव्य बनाउने तयारी भइरहेको छ।

गठन भएका उपसमितिहरू : रथ यात्रासम्बन्धी तयारी र व्यवस्थापनका लागि गठन भएका उपसमिति र संयोजकहरू निम्नानुसार छन्: रथ यात्रा संयोजक: श्री देवानन्द प्रसाद कलवार, झाँकी तथा सांस्कृतिक संयोजक: श्री लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता), आर्थिक संकलन संयोजक: श्री रवि शंकर अग्रवाल, भण्डारा संयोजक: श्री अनुप कुमार अग्रवाल, छपन्न भोग संयोजक: श्री शम्भु प्रसाद कलवार, प्रचार प्रसार संयोजक: श्री श्याम प्रसाद गुप्ता, स्वयंसेवक परिचालन संयोजक: श्री दिपेन्द्र प्रसाद गुप्ता (दिपु), धार्मिक समन्वय संयोजक: डा. पुरुषोत्तम दुबे (ज्योतिष सम्राट), सम्मान कार्यक्रम छनौट संयोजक: (गोप्य) गठन गरेको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलले सम्पूर्ण श्रद्धालु र भक्तजनहरूलाई रथ यात्रामा सहभागिता जनाइ धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश फैलाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *