वीरगन्ज :

श्रीलङ्कामा रुसको एरोफ्लोटको उडान पुनः सञ्चालन

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
8Views
0 Shares

रूसको राष्ट्रिय वायुसेवा कम्पनी एरोफ्लोटको विमान कोलम्बोमा रोकिएपछि अवरूद्ध बनेको सेवा चार महिनापछि श्रीलङ्का फर्किएको छ । युक्रेनमाथि आक्रमण गर्नुअघि रूस हिन्द महासागरको टापु राष्ट्रको आगन्तुकहरूको सबैभन्दा ठूलो स्रोत थियो ।

श्रीलङ्काका पर्यटन मन्त्री हरिन फर्नान्डोले देशको आतिथ्य उद्योगको लागि अति आवश्यक प्रोत्साहनको रूपमा मस्को–कोलम्बो प्रत्यक्ष उडान सेवाहरू पुनः सुरु भएपछि सेवाको लागि स्वागत गरेका छन् ।

कोलम्बोमा हवाई इन्धनको अभाव र माग घट्दै गएपछि धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस वर्ष श्रीलङ्कामा हवाई सेवा कटौती गरेका छन् । आयरल्याण्डको एक कम्पनीसँगको व्यापारिक विवादमा एयरबस ए–३३० लाई जफत गर्न अदालतले आदेश दिएपछि एरोफ्लोटले गत जुनमा उडान रोकेको थियो ।

सरकारी हस्तक्षेपपछि विमानलाई छोडिएको थियो तर यस घटनाले रूस र श्रीलङ्का सरकारबीच कुटनीतिक विवाद निम्त्यायो । श्रीलङ्का अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र आफ्नो पर्यटक राजस्व बढाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *