वीरगन्ज :

श्रीलङ्काको संसदद्वारा भ्रष्टाचार विरोधी विधेयक पारित

श्रेणी : अन्तर्राष्ट्रिय

1 year
birgunj report
5Views
0 Shares

श्रीलङ्काको संसदले बिना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको छ ।संसदको सञ्चार एकाइका अनुसार उक्त विधेयक संशोधनसहित पारित भएको हो । यसअघि उक्त विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।

अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग आफ्नो मुलुकको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानून जोडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *