वीरगन्ज :

श्रीमान्‌का हत्यारालाई राष्ट्रपतिले माफी दिएको विरोधमा भारतीले थालिन् अनसन

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । श्रीमानका हत्याराको बाँकी कैद मिनाहा गरेको विरोधमा बाँकेकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी छन् । सजाय माफीको विरोधमा भारतीले बुधबारदेखि माइतीघरमण्डलामा अनसन सुरु गरेकी हुन् ।

सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)लाई बाँकी सजाय मिनाहा गरेका थिए । त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनशन सुरु गरेकी हुन् ।

चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् । सरकारको निर्णयविरुद्ध भारतीले सर्वोच्च अदालतमा रिटा दायरसमेत गरेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *