वीरगन्ज :

श्रीमतीसँगको झगडामा दखल दिँदा दाइको हत्या

श्रेणी : BANNER

5 hours
Pradeep Sah
2.7kViews
1380 Shares

सिरहा,१२ साउन । आफ्नै श्रीमतीसँगको विवादमा दखल दिँदा दाइको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भुटका नामले चिनिने श्याम कुमार सदा हुन्। घटनाका अनुसार, साउन ८ गते राति करिब ९ बजे गोलबजार नगरपालिका–३, पुरन्डी टोलमा श्याम कुमार र उनकी पत्नी कौशिला देवीबीच घरायसी विवाद चलेको थियो।

झगडा मिलाउन श्यामका दाइ मोतिराम सदा घटनास्थल पुगेका थिए। विवाद चर्किंदै गएपछि श्यामले धारिलो हतियार प्रयोग गरी दाइमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएका मोतिरामको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

हत्या पछि फरार भएका श्यामलाई भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको छ। उनलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानले घटनाको मूल कारण पारिवारिक झगडा रहेको देखाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *