वीरगन्ज :

श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन तयारीमा सरकार

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
3.0kViews
1018 Shares

काठमाडौं,२९ पुस । सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक तयारी थालेको छ। शुक्रबार सम्पन्न केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरी पुनरावलोकन कार्यलाई अघि बढाउने निर्णय गरेको हो।

बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गरेका थिए। सामाजिक सुरक्षाको दायरा विस्तार गर्नका लागि आवश्यक तयारीसमेत थालिएको मन्त्रालयले जनाएको छ।

अहिले १ साउन २०८० मा निर्धारण भएको पारिश्रमिक लागु छ । त्यसबेला सरकारले न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको थियो । यसमध्ये पनि कतिपय प्रतिष्ठानबाट न्यूनतम पारिश्रमिक नदिइएको गुनासो भने आइरहेको छ । श्रम ऐन २०७४ को प्रावधान अनुसार न्यूनतम पारिश्रमिक तोक्ने गरिन्छ ।

सरकारले सामान्यतया चिया बगान बाहेक श्रमिकको एकमुष्ट पारिश्रमिक तोक्ने गर्छ । अहिले १० हजार ८ सय २० रुपैयाँ न्यूनतम पारिश्रमिक र ६ हजार ४ सय ८० रुपैयाँ महँगी भत्ता तोकिएको छ । हालको व्यवस्था अनुसार दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ न्यूनतम तोकिएको छ । प्रतिघण्टाका हिसाबले यो रकम ९५ रुपैयाँ पर्न आउँछ । सरकारले पारिश्रमिक निर्धारण गर्दा चिया बगानबाहेक श्रमिकका लागि समान पारिश्रमिक तोक्ने गरे पनि कतिपय प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक नदिएको गुनासो आइरहेको छ। यसलाई प्रभावकारी बनाउन सरकारले थप कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मन्त्रालयले १६ र १७ फागुनमा श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । यसको तयारीबारे समेत विभिन्न निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *