वीरगन्ज :

शेर्पाद्वारा पुलिस पराजित

श्रेणी : खेलकुद

2 years
birgunj report
77Views
0 Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले रेलिगेसन क्षेत्रको नेपाल पुलिस क्लबमाथि सहज जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता हिमालयन शेर्पाले नै लिएको थियो ।

खेलको १४ औँ मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औँ मिनेटमा पुलिका लागि सौजन राईले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ५१ औँ मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई २–१ गोल अन्तरको जित दिलाए । जितसँगै हिमालयन शेर्पा १५ खेलबाट २० अंकका साथ लिगको सातौँ स्थानमा उक्लिएको छ । पराजित पुलिस क्लब भने समान खेलबाट १५ अंकका साथ पुछारबाट दोस्रोमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *