वीरगन्ज :

शेरबहादुर तामाङलाई पराजित गर्दै सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विजयी भएका छन् । बस्नेतले एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ मतले पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्दा तामाङले २७ हजार ४ सय ९३ मतमात्रै प्राप्त गरे ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिं श्रेष्ठले २ हजार ८ सय १९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङले २ हजार ५ सय ४३ ल्याइन् । यो निर्वाचन क्षेत्रमा २०१५ सालयता कांग्रेसले जित निकाल्न सकेको थिएन । बस्नेत माओवादीसँग गठबन्धन बनेपछि विगतमा आफू उम्मेदवार बन्दै आएको क्षेत्र परिवर्तन गरेर चुनावमा लागेका थिए । यसअघिका निर्वाचनमा उनी सिन्धुपाल्चोक १ बाट चुनावी प्रतिस्पर्धामा हुने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *