वीरगन्ज :

शेयर बजारमा ३८ अंकको गिरावट

श्रेणी : अर्थ

2 years
birgunj report
67Views
0 Shares

काठमाडौं । शेयर बजार मङ्गलबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

मंगलबार सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से परिसूचक घटेको दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *