वीरगन्ज :

शुक्रबारदेखि बदली र झरी, चिसो बढ्ने संकेत

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.1kViews
1850 Shares

काठमाडौँ,११ पुस । आगामी शुक्रबार रातिदेखि देशभर मौसम फेरि बदली हुने र केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार, अहिले सक्रिय रहेको पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबारदेखि अर्को मौसमी प्रणाली प्रवेश गर्नेछ। यो प्रणालीका कारण शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा झरीको सम्भावना छ। अन्य प्रदेशहरूमा बदली भए पनि वर्षा कम हुने अपेक्षा गरिएको छ।

आज र भोलि (बिहीबार) देशका अधिकांश स्थानमा मौसम सामान्य रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १६–१८ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

मौसमविद्का अनुसार, पुसे झरीसँगै चिसो क्रमशः बढ्दै जानेछ। मङ्गलबारको हल्का वर्षाले न्यूनतम तापक्रम घटाएको र घाम लागेपछि अधिकतम तापक्रम सामान्य रहे पनि विहान र राति चिसो बढी महसुस हुने जनाएको छ।

आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने अनुमान गरिएको छ। अंग्रेजी जनवरी महिना सबैभन्दा चिसो हुने भएकाले नागरिकले थप सतर्कता अपनाउन सुझाव दिइएको छ।

आजको स्पष्ट आकाशका कारण बिहीबार र शुक्रबार न्यूनतम तापक्रम घट्ने सम्भावना छ। यद्यपि, बदलीको बेला चिसो उस्तै रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *