वीरगन्ज :

शीर्ष नेता संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
1.6kViews
1960 Shares

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रियामा उनले भने, ‘शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको हो ।’

‘हामी राजनीतिक दलका नेताहरू जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौं । हामी एकदमै अनुदार छौं’ उनले भने, ‘हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौं भन्ने छैन ।’

महामन्त्री थापाले शीर्ष नेताहरू संघीयताप्रति अनुदार हुँदा विकासका कामहरू हुन नसक्ने बताए । नयाँ र क्षेत्रीय दलहरूसँग सरकारमा सहकार्य गर्दा पनि उनीहरूले पनि अडान राख्न नसकेको उनले बताए ।

‘मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ । सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन,’ उनले भने, ‘संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन ।’

दलका नेताले बाहिर र भित्र फरक कुरा गर्ने उनको आरोप थियो । ‘सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमा हुन्छौं, सबै मिल्छौं। यसले गर्दा दुर्घटना हुने भयो ।’

महामन्त्री थापाले संघीयता नेपालमा अनवरत चल्ने र प्रदेशहरू रहिरहने बताए । यो संवैधानिक व्यवस्थाको रक्षा गर्छु भन्नेहरूले पनि यसलाई कामकाजी, प्रभावकारी र नतिजामुखी नबनाउँदा परिणाम नआएको उनको तर्क छ ।

उनले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *