वीरगन्ज :

शिवशंकर हत्या प्रकरणमा श्रीमती पक्राउ

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.6kViews
1687 Shares

जनकपुर, ११ चैत्र । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमती सिर्जनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल जयसवारका अनुसार, सिर्जनालाई हिजो पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।

शिवशंकर महतोको हत्या भएको शव महोत्तरीको गौशाला नगरपालिका-८, सागरनाथ वनमास्थित रेल्वे ट्र्याकबाट १०० मिटर दक्षिणतर्फ शुक्रबार साँझ फेला परेको थियो। शवको अवस्था हेर्दा धारिलो हतियारबाट गर्धनमा प्रहार गरेर हत्या गरिएको देखिएको छ। प्रहरीको अनुमान अनुसार, हत्यापछि शवलाई घिसारेर केही पर लैजान खोजिएको जस्तो देखिएको छ ।

शिवशंकरका परिवारका सदस्यहरूले जानकारी दिएका अनुसार, शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली जान निस्किएका थिए, तर पछि उनका लास महोत्तरीमा फेला परे। मृतकका भाइ राम महतोका अनुसार, केही दिन अघि ससुरालीमा विवाद भएको थियो र त्यसपछि शिवशंकर पुनः ससुराली जान असहमत थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै रिसीविबीको कारण हत्या भएको हुनसक्ने आशंका व्यक्त गर्दै हत्या प्रकरणको अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *