
श्रेणी : धर्म संस्कृति
2.5kViews
1113
Shares
काठमाडौं,१४ फागुन । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ।
लागूऔषध सेवन, हो-हल्ला र अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।
पक्राउ परेकाहरूलाई गौशाला प्रहरी वृत्त र टेकु प्रहरी परिसरमा राखिएको छ। सुरक्षा व्यवस्थालाई मजबुत बनाउन ३५ सयभन्दा बढी सुरक्षाकर्मी तीन सिफ्टमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
महाशिवरात्रिमा २ लाख ३५ हजारभन्दा बढी भक्तजनहरूले पशुपतिनाथको दर्शन गरिसकेका छन्। साथै, नशाजन्य पदार्थको सेवन तथा बिक्रीवितरणमा पूर्ण रोक लगाइएको छ।


प्रतिक्रिया