वीरगन्ज :

शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट निस्कासित

श्रेणी : BANNER

2 years
birgunj report
100Views
0 Shares

काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा पाँच जना नेतालाई कारबाही गरेको छ । पार्टीले बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादवलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको हो ।

माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

कुशवाहा गत वैशाखमा प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ जनमत पार्टीबाट उम्मेदवार थिए । तर पार्टी हित विपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *