वीरगन्ज :

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.9kViews
1561 Shares

काठमाडौं,०५ भदाै । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले बिहीबारदेखि संयुक्त रुपमा प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले विधेयकमा समावेश गरिएका दुई प्रावधान—निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र विद्यार्थीलाई १० देखि १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थाविरुद्ध विरोध जनाएका हुन्।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ती दुवै प्रावधानबारे सहमति जुटाइसकेको छ। तर सञ्चालकहरूले भने उक्त सहमतिलाई अस्वीकार गर्दै विधेयकबाट प्रावधान हटाउन माग गरेका छन्।

समितिमा बिहीबार पनि विधेयकबारे छलफल जारी रहँदा माइतीघरमा विद्यालय सञ्चालकहरूको नाराबाजी चलिरहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *