
श्रेणी : प्रदेश
काठमाडौं,०५ भदौ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयकमा स्वयंसेवक शिक्षकको व्यवस्था हटाउनुपर्ने बताएकी छन् ।
सिंहदरबारमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै उनले यो विषयमा जोड दिएकी हुन् । सांसद शर्माले स्वयंसेवक शिक्षकको व्यवस्थाले उनीहरू हाबी हुन सक्ने र त्यसले स्थायी शिक्षकलाई पढाउनबाट वञ्चित गर्न सक्ने खतरा औंल्याएकी छन् ।
उनले विधेयकमा अन्य महत्वपूर्ण विषयहरू पनि समावेश गर्नुपर्ने सुझाव दिएकी छन्। जसमा प्रधानाध्यापकलाई थप सुविधा दिने व्यवस्था र दुर्गम क्षेत्रमा गएर पढाउने शिक्षकलाई प्रोत्साहन गर्ने उपायहरू समेट्नुपर्ने माग गरेकी छन् । यसका साथै, उनले बहुविवाह गर्ने शिक्षकलाई अयोग्य मान्ने प्रावधान पनि विधेयकमा राख्नुपर्ने बताएकी छन्।


प्रतिक्रिया