वीरगन्ज :

शिक्षा विधेयकमाथि निजी विद्यालयको असन्तुष्टि, आन्दोलन घोषणा

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
1.7kViews
1394 Shares

काठमाडौँ,०४ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका प्रावधानमा असहमति जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।

बुधबार संयुक्त पत्रकार सम्मेलनमार्फत दुबै संगठनले भदौ ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि देशभर निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले “८ गतेसम्म कुर्छौं, माग नपुरा भए ९ गतेबाट विद्यालय बन्द गरेर निर्णायक आन्दोलनमा उत्रिन्छौं,” भन्ने चेतावनी दिएका छन्।

आन्दोलनका चरणहरू
भोलि (भदौ ५) बिहान ११ बजे माइतीघर मण्डलामा प्रधानाध्यापकहरूको ब्यानरसहितको प्रदर्शन।
भदौ ६ गते देशभरका स्कुल बसहरूलाई विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा।
भदौ ९ गतेदेखि विद्यालय पूर्णरूपमा बन्द।
निजी विद्यालयहरूको मुख्य माग
१. शिक्षा विधेयकमा समावेश “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु।
२. विद्यालयले उत्पादन नगर्ने सामग्री (जस्तै पोशाक, स्टेशनरी, खाना–खाजा) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज।
३. कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई ‘गैर–नाफामूलक’ बनाउने प्रावधान हटाइनु।
४. छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने, तर पालिकाको प्रतिनिधिसहित पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था।
५. छात्रवृत्तिसम्बन्धी ऐन तथा नियमावलीका विभेदकारी प्रावधान खारेज, विशेष गरी सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेकालाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिने व्यवस्था हटाउनुपर्ने।

विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा पारित हुने चरणमा छ। तर, निजी विद्यालयहरूको असहमति र आन्दोलनको चेतावनीपछि विधेयकलाई टुंगोमा पुर्‍याउन राजनीतिक सहमति आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *