वीरगन्ज :

शिक्षा र स्वास्थको लागि स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई मतदान गर्न डा. सुष्मा तिवारीको घरदैलो अभियान

शिक्षा र स्वास्थको लागि स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई मतदान गर्न डा. सुष्मा तिवारीको घरदैलो अभियान

श्रेणी : BANNER

2 years
Pradeep Sah
57Views
0 Shares

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई भारी मतले विजय गराउँन बिहिबार वीरगन्जको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम गरिएको छ । डा.सुष्मा तिवारी द्धिवेदीको अगुवाईमा रहेको प्रचार प्रसारको टोलीले वीरगन्जको वडा नम्बर ८ र वडा नम्बर १२ मा घरघरमा पुगेर स्वतन्त्र उम्मेदवार माछा छापमा मतदान गरी अजय द्धिवेदीलाई भारी मतले विजय गराउँन मतदाताहरुलाई आग्रह गरेको छ ।

घरदैलो अन्तरर्गत डा. सुष्माले देशमा सुशासन र लोकतन्त्रलाई बचाउँनको निम्ती माछा छापमा मतदान गर्न आग्रह गर्नुभयो । मतदाताको दैलोमा पुगेर उहाँले सुशासन, लोकतन्त्र बचाउँन र व्यक्तिगत सम्मानको लागि स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई विजय गराउँन आग्रह गर्नुभयो ।

उहाँले पर्सा जिल्ला अहिले पनि स्वास्थ्य र शिक्षामा पिछिडिएको छ । खासगरी क्षेत्र नम्बर १ को अवस्था हेर्ने हो भने, सत्तामा रहेका नेताहरुले यहाँको शिक्षा र स्वास्थ्यमा खासै लगानी गरेका छैनन् । आफनो कार्यकर्तालाई पालन मात्र सरकारमा बसेका थिए । यहाँको स्वास्थ्य र शिक्षाको सुधारका निम्ती पनि अजय द्धिवेदीको चुनाव चिन्ह माछा छापमा मतदान गरी बहुमतले विजय गराउँन उहाँले सम्पूर्ण मतदाताहरु सँग आग्रह समेत गर्नुभयो ।

घरदैलो कार्यक्रममा महिला नेतृ मन्टु सिंह, मनुजा चौधरी, धनश्याम नायक, रतनेश मिश्रा, सन्नी दुवे लगायतका महिला तथा युवाहरुले स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको पक्षमा मत माँगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *