वीरगन्ज :

शिक्षा पूर्ण निःशुल्क बनाइएमा वालविवाह र दाइजो कुप्रथा नियन्त्रणमा ल्याउन सकिन्छ

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
1.9kViews
1402 Shares

बीरगन्ज,१२ माघ । जनप्रतिनिधिहरूका अनुसार, यदि शिक्षा पूर्ण रूपमा निःशुल्क बनाइएमा बालविवाह र दाइजो प्रथा महत्वपूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ। बीरगन्जमा आयोजित ‘हाम्रो अभियान’ नामक संस्थाको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले, विद्यालय स्तरको शिक्षा निःशुल्क घोषणा भए पनि विभिन्न शुल्कहरू लिइएको कारण विपन्न समुदायका बालबालिकाले विद्यालय छोड्नुपर्ने बाध्यता रहेको बताए।यसका कारण विशेष गरी मधेसमा बालविवाह र दाइजो जस्ता कुप्रथाहरू अझै पनि विद्यमान छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादवले भने, “१० कक्षासम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउनु पर्छ। शैक्षिक सामग्रीहरू समेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेमा समाजबाट वालविवाह र दाइजो कुप्रथा आफैं हट्न थाल्नेछन्।”

यसैगरी, परवानीपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गम्भीरा राउत कुर्मी र वडा नम्बर ३ का वडाध्यक्ष इब्राहिम मियाँले पनि शिक्षा सुधारको महत्त्व र सामाजिक कुप्रथाहरूको नियन्त्रणमा यसको प्रभावकारिता बारे चर्चा गरे।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महङ्गा होटल वा पार्टी प्यालेसमा कार्यक्रम वा भाषण गरेरमात्रै समाजबाट बाल विवाह र दाइजो जस्ता कुप्रथा नियन्त्रणमा आउन नसक्ने बताए । त्यसका लागि शिक्षामा सहज पहुचसंगै सामाजिक चेतना बढाउनुपर्नेमा उनले जोड दिए । समाजकै अगुवाले वालविवाह र दाइजो प्रथा रोक्नुपर्छ भनेर हृदयदेखि नै सोचेर लाग्नुपर्ने उनले बताए । वालविवाह गर्ने र दाइजोको लेनदेन गर्नेहरुलाई समाजले नै बहिष्कार गर्ने अभियान चलाउनुपर्ने उनले बताए ।

हाम्रो अभियानका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षता र संयोजक सलमा खातुनको सहजीकरणमा भएको उक्त कार्यक्रममा पर्सा र बाराका विभिन्न पालिकाका वडाध्यक्ष,बालबालिका र महिलाका क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंंथाका प्रतिनिधी,सञ्चारकर्मी लगायतकाकोपनि सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *