वीरगन्ज :

शिक्षाका नाममा १ खर्ब १२ अर्बभन्दा बढी विदेशी मुद्रा बाहिरियो

श्रेणी : अन्तर्राष्ट्रिय

3 weeks
Pradeep Sah
2.7kViews
1993 Shares

काठमाडौं,२७ जेठ । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा, देशबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म शिक्षाका नाममा मात्रै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेशिएको छ।

गत वर्षको यही अवधिमा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरिएको थियो। यस वर्ष यो रकम अझै बढेको देखिन्छ।
शिक्षासँगै विदेश घुम्न जाने नेपालीले गरेको खर्चसमेत जोड्दा कुल १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशतले बढी हो।

त्यसैगरी, नेपाल भ्रमणमा आएका पर्यटकले ७५ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेका छन्, जुन अघिल्लो वर्षको ६९ अर्ब ७३ करोड रुपैयाँभन्दा केही वृद्धि भएको हो।

तर सेवा खाता भने अझै पनि घाटामै छ। राष्ट्र बैंकका अनुसार, वैशाख मसान्तसम्म सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँ घाटामा छ। गत वर्ष सोही अवधिमा यो घाटा ५० अर्ब ३१ करोड रुपैयाँ थियो।

विदेशमा अध्ययन र घुमफिरका लागि बढ्दो खर्चले अर्थतन्त्रमा दबाब थपिएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *